NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

विदेशी पैसा नेपाल ल्याउनेलाई अर्थकाे ‘आइपिओ’ अफर

यस्ता छन्, डलर भित्र्याउन सरकारले चालेका कदमहरु

काठमाडौ । विदेशी विनिमय सञ्चिति बढाउन अर्थ मन्त्रालयले पहल थालेको छ । आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन मन्त्रालयले एकसाथ पहल थालेको हो ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न प्रेरित गर्ने प्रवर्दनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउन पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

आयात वृद्धिका कारण विदेशी विनिमय सञ्चितिमा परेको चापलाई ध्यानमा राखी सरकारले केही वस्तुको आयात रोक्ने व्यवस्था गर्न ने पाल राष्ट्र बैङ्कलाई पत्र पठाएको थियो ।

आयात बढ्दा विदेशी विनिमय सञ्चिति कम भई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भएकाले सरकार विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाब छ ।

सरकारले रेमिट्यान्स बढाउन विभिन्न प्याकेज ल्याउन लागेको छ ।

त्यसमा विदेशबाट पैसा पठाउनलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिने सम्मको योजना छ ।

यस्तै अत्यावश्यक बाहेकका विलासिताका वस्तुको आयातमा प्रतितपत्र (एलसी) नखोल्ने, राष्ट्र बैङ्कले नगद मार्जिन तोकेका ४७ समूहका वस्तुको एलसी तत्काललाई नखुलाउने र बै ङ्क ब्याजदर पनि स्थिर राख्ने भएको छ ।

अत्यावश्यकबाहेकका गाडी, चकलेट, पर्फ्युमलगायतका वस्तुको एलसी नखोल्ने निर्णय भइसकेको छ ।

बैङ्कर्स सङ्घले पनि नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी डि्रङ्क, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृतिम फूल, मार्बल, ट्वाइलेट र भान्छाको ठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लासि्टकका फर्निचर तथा गाडी तथा माटर साइकलको आयातको एलसी नखोल्ने भएको छ ।