NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जेएनयूमा भएको ‘मांसाहार’ विवाद के हो ?

नयाँ दिल्ली । आइतबार रामनवमी पर्व थियो । हिन्दुहरुको पर्व रामनवमीकाे दिनमा नवरात्रि समाप्त हुन्छ । नवरात्रिका दिनहरुमा हिन्दुहरु माछा, मासु, लसुन, प्याजलगायतका खाद्यान्नहरुको प्रयोग नगरी व्रत बसिन्छ । व्रतालुले अन्न र नुन पनि खाँदैनन् ।

यस वर्ष नवरात्रिको क्रममा दक्षिण दिल्ली नगर निगम र पूर्वी दिल्ली नगरका नगरप्रमुखले मांसाहार रोक्ने घोषणा गरेका थिए । तर दिल्ली उच्च अदालतले नगरप्रमुखलाई यसरी खानपानमा रोक लगाउने अधिकार नभएको भनेको थियो ।

दिल्लीका धेरै क्षेत्रमा नवरात्रिमा मासुका पसलहरु बन्द थिए । मासुकै विषयमा भारतकाे चर्चित विश्वविद्यालयमा विद्यार्थीबीच विवाद बढ्याे ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा यसभन्दा पहिला पनि विभिन्न विषयमा धेरैपटक विद्यार्थीबीच झगडा भएको छ । तर यसपटक छात्र संगठनबीच मासु खाने बारेमा झडपको स्थिति बन्यो ।

भारतको केन्द्रीय राजधानी दिल्लीमा रहेको जेएनयू विश्वविद्यालय भारतमा उच्च शिक्षाका लागि एक उत्कृष्ट केन्द्र हो । यस विश्वविद्यालयमा वामपन्थी र दक्षिणपन्थी विचारधाराका विद्यार्थीहरुबीच वादविवाद भइरहन्छ ।

दिल्लीका धेरै क्षेत्रमा नवरात्रिमा मासुका पसलहरु बन्द छन् । जवाहर लाल नेहरु विश्वविद्यालयमा यसभन्दा पहिला पनि विभिन्न विषयमा धेरैपटक विद्यार्थीबीच झगडा भएको छ । तर यसपटक छात्र संगठनबीच मासु खाने बारेमा झडपको स्थिति बन्यो ।

आइतबार राति १० बजेसम्म जेनयूको माहोल तनावपूर्ण थियो । अहिले क्याम्पसमा प्रहरी तैनाथ गरिएको छ । आइतबार अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी)ले कावेरी र पेरियर होस्टेलको बीचमा रामनवमीको पुजा राखेको थियो ।

यही क्रममा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) का कार्यकर्ताले नाराबाजी सुरु गरे । उनीहरुले जेएनयू हिन्दूकरण भएको दाबी गर्दै नारा लगाएका थिए ।

अर्कोतर्फ, वाम विचारधाराका विद्यार्थीहरूले आफूलाई एबिभिपीका कार्यकर्ताहरूले कुटपिट गरेको दाबी गरेका छन् । एबिभिपीले विश्वविद्यालयमा हिन्दू विचारधारा विस्तार गर्न लागेको आरोप अल इन्डिया स्टुडेन्टका सदस्यहरुले बताएका छन् ।

मासु खाने विषयमा जेएनयूमा विद्यार्थीबीच झडप, १५ घाइते