NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एलन मस्क ट्वीटर बोर्डको सदस्य नहुने

काठमाडौं । टेस्ला कम्पनीका मालिक एवं विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क ट्विटर बोर्डमा सामेल नहुने भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले यसबारे जानकारी दिए । एलन मस्क शनिबारदेखि ट्विटरको बोर्डमा रहने भनिएको थियो ।

गत साता उनले ट्वीटरकाे ९.२ प्रतिशत सेयर खरिद गरेका थिए । सिइओ पराग अग्रवालले ट्वीट गर्दै एलनले साेमबार बिहान आफू बोर्डमा सामेल नहुने जानकारी दिएको बताए । अग्रवालले टेस्लाका प्रमुख एलन मस्क ट्वीटर कम्पनीको सबैभन्दा ठूलो सेयरहोल्डरको रूपमा रहने र उनको विचार कम्पनीमा सधैं स्वागतयोग्य रहेको बताए ।

अग्रवालले ट्वीटरमा एलन मस्कलाई कम्पनीमा बोर्डको सदस्य बन्न प्रस्ताव गरेको थियो । उनले भने, ‘हामी सधैं हाम्रा सरोकारवालाहरूको रायलाई सम्मान गर्छौं, चाहे तिनीहरू बोर्ड सदस्य हुन वा नहुन् । एलन हाम्रो सबैभन्दा ठूलो सेयरहोल्डर हुन् र हामी उनीहरुको विचारलाई सधैं स्वागत गर्नेछौं ।’

मस्कको ट्वीटरमा ८१ मिलियन फलोअर्स छन् ।

ट्विटरमा अबदेखि ट्विट एडिट गर्न मिल्ने