NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नेपाली मूलका इटालियन फुटबलर विकासले स्वदेश फर्कँदै भने, ‘चाँडै भेटौंला !’

काठमाडौं । नेपाली मूलका इटालियन फुटबलर विकास मेराग्लिया स्वदेश फर्किएका छन् ।

आफू आइतबार इटाली फर्किएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

विकासले च्यासल युथ क्लबबाट सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल खेलेका थिए । तर, उनको टोली रेलिगेसनमा परेको छ ।

नेपालको लिग खेल्नकै लागि विकास १४ वर्षपछि नेपाल आएका थिए ।

यस्तै उनले झापा–११ बाटसमेत नकआउट प्रतियोगिता खेलेका थिए ।

यसैगरी, उनले हिमालयन शेर्पा क्लबबाट पनि मोफसलका केही प्रतियोगिता खेलेका थिए ।

विकासले नेपालमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘नेपालमा रहँदा मलाई ज–जसले सहयोग गर्नुभयो सबैलाई धन्यवाद दिन चाहनछु,’ फेसबुकमा उनले लेखेका छन् । साथै, विकासले आफूले खेलेका तीनवटै क्लबलाई धन्यवाद दिएका छन् ।

चाँडै फर्किने बाचा गर्नसमेत उनले भुलेका छैनन् । ‘१४ वर्षपछि नेपाल बस्न पाएकोमा खुसी छु’, उनले लेखेका छन् ।