NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सत्ता गठबन्धन मिले प्रभावशाली नेता घनश्याम भुसालको नगरमा एमालेलाई कठिन

काठमाडौं । नेकपा (एमाले)का वैचारिक नेता एवं पूर्वमन्त्री घनश्याम भुसालको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा चुनावी परिणाम कस्तो आउला भन्नेमा हिबकिताब सुरू भएको छ ।

१७ वडा रहेको यस नगरपालिकामा गत निर्वाचनमा एमालेका मेयर वाशुदेव घिमिरेले २१ हजार ८६८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रामकृष्ण खाँडले १९ हजार ९४ मत पाएका थिए । माओवादी केन्द्रका महादेव खनालले २ हजार ६५१ मत पाएका थिए । विजयी उम्मेदवारको मतान्तर २७ सय ७४ रहेको छ ।

त्यस्तै उप–मेयरमा एमालेकै जागेश्वदेवी चौधरी २२ हजार ७१ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्ति पार्टीका गीता सारुले १८ हजार ७८४ मत ल्याएकी थिइन् । माओवादीकी राधिका आचार्य शर्माले २ हजार ८५५ मत ल्याएर तेस्रो भएकी थिइन् । यसमा विजयी उम्मेदवारको मतान्तर ३२ सय ८७ रहेको छ ।

०७४ को निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । कांग्रेसले राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेको थियो ।
भुसालले ०७४ मा भएको संघीय संसदीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको तर्फबाट ३२ हजार ८६६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–राप्रपा(प्रजातान्त्रिका) साझा उम्मेदवार दीपक बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । संघीय समाजवादी फोरमका उम्मेदवार महेन्द्र यादवले १२ हजार ५३६ मत पाएका थिए ।

भुसाल ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणसँग पराजित भएका थिए । खाँणले १८ हजार ४८१ मत ल्याएर विजयी हुँदा भुसालले १८ हजार ३९५ मत ल्याएका थिए । राष्ट्रिय जनमुक्ति पार्टी झमबहादुर गुरुङले ४ हजार ६२० मत ल्याइ तेस्रो स्थान बनाएका थिए । माओवादीका उम्मेदवार भरत अर्याल जम्मा ३ ८९७ मत ल्याएका थिए । यस निर्वाचनमा विजयी उम्मेदवारको मतान्तर जम्मा ८६ रहेको थियो ।

घनश्याम भुसालले पार्टीभित्र पनि विद्रोही नेताको छवि बनाएका छन् । पार्टी विभाजनअघि माधव नेपाल समूहमा रहेका भुसाल मंसिरमा भएको पार्टीको १० औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।

वडातर्फ १ मा एमालेका उम्मेदवारले १ हजार ७१६ ल्याइ विजयी भएको थियो । कांग्रेसले १ हजार १६८ र माओवादीले जम्मा ७७ मत पाएका थिए । २ मा १ हजार ३३२ मत ल्याइ एमाले विजयी भएको थियो । कांग्रेस ९९४ र माओवादीले ६५ पाएको थियो ।

यसैगरी भुसालको वडासमेत रहेको ३ मा एमाले टंकप्रसाद तिवारी १ हजार २९५ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेस कल्याणप्रसाद पौडेलले १ हजार १८१ र माओवादीका चित्रबहादुर क्षेत्रीले जम्मा ४९ पाएका थिए ।

वडा ४ मा एमाले १ हजार ५३ मतले विजयी भएको थियो । कांग्रेस ८४० र माओवादीले १२३ मत पाएको थियो । ५ मा एमालेले १ हजार ७२ मत ल्याइ विजयी भएको थियो । कांग्रेस ९९८ र माओवादी १८ मत ल्याएका थिए ।

यस्तै ६ वडामा एमालेले २ हजार ८८ मतले विजयी भएको थियो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसले १ हजार १९८ र माओवादीले १०६ मत ल्याएको थियो । ७ मा एमालेले १ हजार ८६० मतले विजयी हुँदा कांग्रेसले १ हजार ४५२ पाएको थियो । माओवादी ३०१ मत ल्याएको थियो ।

त्यस्तै वडा ८ मा १ हजार ३०१ मत ल्याए एमाले उम्मेदवार विजयी भएका थिए । कांग्रेसले ८९४ र माओवादीले १७६ मत पाएको थियो । ९ मा कांग्रेसका उम्मेदवारले १ हजार २२९ मत ल्याइ विजयी भएका थिए । एमालेले १ हजार ३८ र माओवादीले ४२ मत पाएको थियो ।

त्यस्तै १० मा कांग्रेसले ६६७ मत ल्याइ विजयी भएको थियो । एमालेले ५७० र माओवादीले ३७५ मत पाएको थियो । वडा ११ मा एमालेले १ हजार ९६३ मतले विजयी भएको थियो । कांग्रेसले १ हजार ५२३ र माओवादीले ४१९ मत पाएको थियो । १२ एमालेले ९८३ मत ल्याइ विजयी भएको थियो । कांग्रेसले ७९८ र नयाँ शक्तिले १४ मत पाएको थियो ।

त्यस्तै १३ वडामा एमालेले ९८८ ल्याई विजयी भएको थियो । कांग्रेसले ९२८ र माओवादी २५० मत पाएको थियो । १४ मा एमालेले १ हजार ५८८ मत ल्याइ विजयी भएको थियो । कांग्रेस १ हजार ४०९ र माओवादी ४९९ मत ल्याएको थियो ।

यसैगरी १५ मा एमालेले १ हजार ३४० ले विजयी भएको थियो । कांग्रेस ८५१ मत ल्याइ दोस्रो र माओवादी ८९ मत पाएको थियो । १६ मा कांग्रेसका उम्मेदवारले १ हजार ४० मत ल्याइ विजयी भएको थियो । एमालेले ९७४ र माओवादीले ४० मत पाएको थियो । वडा १७ कांग्रेसले १ हजार ११५ मत ल्याइ विजयी भएको थियो । एमालेले ९१८ र माओवादीले ६६० मत ल्याएको थियो ।

के होला भुसालको भविष्य ?

गत निर्वाचनमा एमालेले ९, १० र १६ वडा बाहेक प्रमुख-उप्रमुखसहित सबै स्थानमा विजयी भएको थियो । यसपटक पार्टी विभाजन भएकोले ०७४ को विरासत कायमै राख्न एमालेलाई चुनौति थपिएको छ ।

भुसालले पार्टीभित्र पनि विद्रोही नेताको छवि बनाएका छन् । पार्टी विभाजनअघि माधव समूहमा रहेका भुसाल मंसिरमा भएको पार्टीको १० औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।

उनको नगरमा उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको दबदबा कायम छ । असोजमा भएको एमाले पालिका अधिवेशनमा भुसाल समूहका सबै उम्मेदवार पराजित भएका थिए । उनी अहिले पनि सम्पूर्ण वामपन्थी शक्ति एक हुनुपर्ने पक्षमा छन् । पार्टीभित्र बौद्धिक र सैद्धान्तिक नेता मानिएका उनी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहेका छन् । पार्टीभित्रको असन्तुष्टि आगामी निर्वाचनमा देखिन सक्छ । लुम्बिनीमा नेकपा एकीकृत समाजवादीको जनमत प्रायः शून्य रहेकाले आगामी निर्वाचनमा कुनै प्रभाव नपर्ने ओली पक्षका नेताहरूले दावी गरेका छन् ।

मेयरमा एमाले–कांग्रेसको मतान्तरण २ हजार ७७४ रहेको छ । गत निर्वाचनमा माओवादीले २ हजार ६६४ मत रहेको छ । गठबन्धन कायमै रहेमा ३९० मत अझै अपुग हुनेछ । एमालेको उम्मेदवार पराजित गर्न गठबन्धन दलहरू एकीकृत समाजवादी, जसपा र राजमोले अनिवार्य भोट हाल्नुपर्ने देखिन्छ ।