NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमलाका फाइदै-फाइदा

काठमाडौं । अमला भिटामिन सीको ठूलो स्रोत हो । यो स्वास्थ्यका दृष्टिले निकै गुणकारी छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइन्छ । आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमा प्रयोग गरिन्छ। यहाँ अमलाबाट हुने फाइदाहरु उल्लेख गरिएको छ :

-नियमित अमला खानाले शरीरको रगत सफा गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

-कब्जियत हुनबाट पनि बचाउँछ ।

-भिटामिन सीका कारण कपाल तथा छाला सुन्दर बनाउँछ ।

-अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ ।

-पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ ।

-अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ ।

-अमला सेवनले रुघाखोकीसमेत निकाे हुन्छ ।

-स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ ।

-अमलाको प्रयोगले कपाल झर्ने समस्याबाट पनि मुक्ति पाइन्छ ।