NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

खल्तीबाट वर्ल्ड लिंकको बिल तिर्दा १० प्रतिशत भ्याट फिर्ता पाउने

काठमाडौं । खल्ती डिजिटल वालेटबाट वर्ल्ड लिंकको बिल भुक्तानी गर्दा प्रयोगकर्ताले १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् । आन्तरिक राजश्व विभाग र वर्ल्डलिंकसँग समन्वय गरी उक्त योजना ल्याइएको खल्तीले जनाएको छ ।

उपभोक्ताहरूले भ्याट गरेको १३ प्रतिशत रकमको १० प्रतिशत फिर्ता पाउने कम्पनीले जानकारी गराएको छ । यो सुविधा व्यक्तिगत खल्ती प्रयोगकर्ताले मात्रै पाउने छन् । कम्पनीका अनुसार वर्ल्डलिंक जडान पनि व्यक्तिगत हुनुपर्नेछ ।

यो सुविधा व्यवसायीक तथा कर्पोरेट ग्राहकहरुले भने पाउने छैनन् ।