NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नयाँ वर्षमा कार किन्दै हुनुहुन्छ ? यी कम्पनीले दिँदैछन् नगद छुटदेखि विशेष अफर

नयाँ वर्ष २०७९ को अवसर पारेर विभिन्न कम्पनीले नयाँ नयाँ योजनाहरु सार्वजनिक गरेका छन । यसै क्रममा चार पांग्रे सवारीसाधनका केही बिक्रेता कम्पनीहरुले नगद छुटदेखि विशेष अफरसम्मका योजना सार्वजनिक गरेका छन् ।

कुन कम्पनीले कस्ता योजना ल्याएका छन् ?

हुन्डाई

हुन्डाई कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्ष २०७९ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ नामक योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकहरूले गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

साथै नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडल इयर छुट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांन र स्पट एक्सचेन्जमा एक वर्षको लागि निशुल्क बीमा र सडक कर छुट प्रदान गर्नेबारे समेत योजनामा उल्लेख छ ।

निसान
निसानको नेपालका लागि आधिकारीक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्षको अफर ल्याएको छ । कम्पनीले निसानका गाडी किन्दा ३ लाख ५० हजार रुपैयाँ नगद छुट अफर सार्वजनिक गरेको हो ।

यस्तै कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिने भएको छ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
सो अफर आगामी वैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

सुजुकी
सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइलले नयाँको उपलक्ष्यमा विशेष अफर ल्याएको छ । मोटरसाइकल तथा स्कुटरको खरिदमा कम्पनीले ुगेट लकी विथ सुजुकीु नामक योजना ल्याएको हो ।

चैत १३ देखि वैशाख ३० सम्म लागू गरिएको यस योजनामा प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा ग्राहकले १० हजार स्योरसटु पाउनुका साथै एउटा स्क्र्याच कुपन पाउने छन् । कम्पनीका अनुसार कुपनबाट ग्राहकले १ लाखसम्म क्यासब्याक पाउन सक्नेछन्।

टोयोटा
टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ वर्षको अवसरमा अपग्रेड इभेन्ट आयोजना गरेको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो ।

चैत्र २४ गतेदेखि २७ गतेसम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सक्नेछन् । यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरूलाई पुरानो गाडीको मूल्याङ्कन, सजिलो फाइनन्सिङ तथा टेस्टड्राइभ गर्नेका लागि गिफ्ट प्याकेज समेत उपलब्ध गराएको छ ।

फक्सवागन

नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले नयाँवर्षको अवसरमा अफर सार्वजनिक गरेको छ । फक्सवागननले फक्सवागनको टाइगुन मासिक किस्ता २२ हजार ९९९ मा किन्न सकिने छ भने पोलो मासिक किस्ता १४ हजार ९९९ तिरेर लिन सक्नेछन् ।

कम्पनीले यससँगै एक वर्षका लागि निःशुल्क सडक कर र प्रत्येक नयाँ फक्सवागन गाडी खरिदको लागि चार वर्षको निःशुल्क सेवा उपलब्ध गराउने बताएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष