NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

खेलकुदमन्त्री गहतराजले राखे मेसीको अर्जेन्टिनासँग मैत्रीपूर्ण खेलको प्रस्ताव

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोबीसँगको शिष्टाचार भेटवार्तामा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई निम्तो दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्तावसमेत राखेका थिए । प्रस्तावमाथि राजदूत गोबीले सहमति जनाएको मन्त्री गहतराजको सचिवालयले जनाएको छ ।

भेटमा दुई देशबीचको पारस्परिक सम्बन्धसँगै खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन अर्जेन्टिनी राजदूत गोबी नेपाल आएका हुन् ।