NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ललितपुर महानगरपालिकामा मेयरका लागि कांग्रेसबाट सात जना सिफारिस

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ । आकांक्षी धेरै भएपछि नेपाली कांग्रेसको ललितपुर महानगर कार्यसमितिले सात जनाको नाम सिफारिस गरिएको हो ।

मेयरमा सिफारिस गरिएकामा चिरिबाबु महर्जन, शुभानन धाख्वा, भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठ छन् ।

यी नाम केन्द्रमा पठाइएकाले कुनै एक छनोट हुनेछन् । कांग्रेस विधानमा महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने प्रावधान छ ।