NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

स्वास्थ्य सेवा विभागले इएलएमआइएस कोर्डिनेटर माग्यो

काठमाडौं । स्वास्थ्य सेवा विभागले कर्मचारी माग गरेको छ । विभागले आज सूचना जारी गदै कोभिड–१९ रेसपोन्सका लागि ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड–१९ प्रतिकार्यका जनशक्ति करार सेवामा इएलएमआईएस कोर्डिनेटर मागेको हो ।

विभागले अधिकृत सातौँ तहमा सात प्रदेशका लागि एक/एक जना र व्यवस्थापन महाशाखाका लागि एक जना गरी आठ जना इएलएमआईएस कोर्डिनेटर पदमा आवेदन खुलाएको छ ।

विभागले उक्त पदका लागि न्यूनतम योग्यता फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष कार्य अनुभव भएको तोकेको छ । विभागका अनुसार उम्मेदवारले सूचना जारी भएको १० दिनभित्र दरखास्त दिन सक्ने छन् ।