यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

काठमाडौं । सरकारले विश्वबैंकसहितका विकास संस्था र अमेरिकी सहयोग निकायकबाट झण्डै एक खर्ब रुपैयाँ ऋण सहायता र अनुदान सहायतको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय विकास संस्थासहितबाट झण्डै १८ अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो रकम स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले अमेरिकी सहयोग निकाय युएसएडकबाट ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका मन्त्रिपरिषद् बैठकको निर्णयमा आर्थिक सहायता र ऋण स्वीकार गरेकोसहितका विषय उल्लेख छन् ।
बैठकले विभिन्न गाउँपालिकालाई प्रशासकीय भवन बनाउन सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृति पनि दिएको छ ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया