NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अल-अक्सा मस्जिदमा भएकाे झडपमा १५० घाइते

जेरुसेलम । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय ५० जना घाइते भएका चिकित्सकहरूले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ ।

झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो । इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष