NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अमेरिकी राष्ट्रपति बाइडेनले एक्लै हावामा हात मिलाउन खाेजेपछि…

वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले सामाजिक सञ्जालमा छाएका छन् । बाइडेनले बिहीबार नर्थ क्यारोलिनाको युनिभर्सिटी अफ पेन्सिल्भेनियामा भाषण दिइरहेका थिए । ७९ वर्षका अमेरिकी राष्ट्रपति बाइडेनले विश्वविद्यालयमा ४० मिनेटको भाषण गरेका थिए ।

भाषण सकिएपछि उनी एक्लै हावामा हात मिलाउँदै गरेको देखियो । यस घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । वास्तवमा, कार्यक्रममा बाइडेनसँग मञ्चमा कोही थिएन ।

राष्ट्रपति बाइडेनले आफू त्यहाँ एक्लै छु भनेर सम्झन सकेनन् । भाषण सकिएपछि उनी दायाँतिर फर्किए र गड ब्लेस यु अलभन्दै कसैसँग हात मिलाउन खोजे । तर त्यहाँ कोही नभएपछि उनी दर्शकतिर मोडिए ।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले यसलाई मजाक बनाइरहेका छन् । कतिपयले उनलाई डिमेन्सियाको बिरामी भएको समेत बताए । योसँगै प्रतिपक्षले पनि उनको बढ्दो उमेरलाई लिएर निशाना बनाएको छ । ७९ वर्षीय राष्ट्रपतिको यो बदलिएको शैली देखेर सबै छक्क परेका छन् ।

 

यसअघि बाइडेनले आफ्नो मन्तव्यमा आफूले यस विश्वविद्यालयमा प्राध्यापकको रुपमा पनि काम गरेको बताएका थिए । तर उनले त्यस विश्वविद्यालयमा कुनै कक्षा पनि पढाएको पुष्टि हुन सकेन । बाइडेनको यस भनाइपछि विपक्षी दल रिपब्लिकनले बाइडेनको बोल्ने क्षमतामा प्रश्न उठाएको छ र उनलाई राजनीतिक रुपमा कमजोर भनेको छ ।

बाइडेन आजभोली एकदमै मौन देखिन्छन् । यसअघि पनि गत साता एक कार्यक्रममा उनी निकै विचलित देखिन्थे । उक्त सम्बोधनमा उनले पूर्वराष्ट्रपति बराक ओबामाले पद छाडेपछि पहिलोपटक ह्वाइट हाउस देखेको बताए ।