NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विश्वका ५२ प्रतिशत जनसंख्यामा टाउको दुख्ने समस्या

काठमाडौं । टाउको दुखाइलाई हामीले प्रायः सामान्य समस्याको रुपमा लिने गर्छौं । सबैले आफ्नो जीवनमा कम्तिमा एक पटक यससँग संघर्ष गर्छन् । तर, विश्वमा यस्ता धेरै मानिसहरु छन् जसलाई नियमित रुपमा टाउको दुख्ने गर्छ ।

हालै नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरूले यस्ता बिरामीको तथ्यांकबारे ठूलो खुलासा गरेका छन् । अन्वेषकहरू भन्छन् ,‘विश्वको ५२ प्रतिशत जनसंख्या प्रत्येक वर्ष कुनै न कुनै प्रकारको टाउको दुखाइबाट ग्रस्त हुन्छन् । यसमा माइग्रेन, सामान्य टाउको दुखाइ, चिन्ता टाउको दुखाइ, आदि पर्छन् ।

यस अनुसन्धानका लागि वैज्ञानिकहरूले सन् १९६१ देखि २०२० सम्मका टाउको दुखाइसँग सम्बन्धित तथ्यांकहरु बारे अनुसन्धान गरेका थिए । वैज्ञानिकहरूले विश्वमा १४ प्रतिशत मानिस मानिस माइग्रेनका बिरामी रहेको बताएका छन् । एकै समयमा २६ प्रतिशत मानिसका लागि गम्भीर टाउको दुखाइको हुन्छ ।

अनुसन्धानका अनुसार विश्वमा प्रत्येक दिन १५ प्रतिशत मानिसमा टाउको दुख्ने समस्या हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार पुरुषको तुलनामा महिलालाई सबै प्रकारका टाउको दुख्ने समस्या बढी हुन्छ । माइग्रेनको बारेमा कुरा गर्दा, विश्वभर १७ प्रतिशत महिलामा यसको समस्या छ ।

पुरुषमा ८ दशमलव ५ प्रतिशतलाई मात्र माइग्रेन हुन्छ । लगभग ६ प्रतिशत महिलाहरूलाई लगातार १५ दिन वा सोभन्दा बढी टाउको दुख्ने समस्या छ, जबकि पुरुषहरूमा यो प्रतिशत मात्र २ मात्र छ ।

हरेक वर्ष माइग्रेनको समस्या बढ्दै गएको छ । यसका धेरै कारण रहेको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरु बताउँछन् । यी मानसिकदेखि शारीरिक, वातावरणीय, व्यवहार र मनोवैज्ञानिकसम्म हुन सक्छन् ।