NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
खेलकुदमा महिला

६ पटक ग्रान्ड स्लाम जितेकी विश्व च्याम्पियनले परिवार सम्हाल्न छोडिन् खेल करिअर

काठमाडौं । विश्व नम्बर १ टेनिस खेलाडी किम क्लाइस्टर्सले मंगलबार तेस्रोपटक व्यवसायिक टेनिस खेलबाट सन्यास लिएको घोषणा गरिन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै किमले परिवारका लागि समय दिन खेलबाट टाढा हुन लागेको बताइन् ।

३८ वर्षीया बेल्जियमकी किमले परिवारका लागि खेलबाट पहिलोपटक सन् २००७ मा सन्यास लिएकी थिइन् । दुई वर्षको विश्राम पछि उनी फेरि सन् २००९ मा टेनिसमा फर्किइन् र तीनवटा ग्रान्डस्लाम जितेर २०१२ मा दोस्रोपटक सन्यास लिइन् ।

फेब्रुअरी २०२० मा किमले फेरि टेनिस र्याकेट उठाएकी थिइन् । उनको अन्तिम खेल इन्डियन वेल्समा कटरिना सिनियाकोभासँग भएको थियो। किम आफ्नो पति ब्राइन र तीन छोराछोरीसँग बेल्जियम छोडेर न्यु जर्सीमा बस्छिन् । उनी आफ्ना छोराछोरी र परिवारसँग बढी समय बिताउन चाहन्छिन् ।

 

View this post on Instagram

 

A post shared by Kim Clijsters (@clijsterskim)

परिवार उनको प्राथमिकता हो । खेल जीवनभन्दा बाहेक उनी बच्चाहरुलाई विद्यालयमा छोड्न जाने, लिन जाने, गृहकार्य गराउने, खाजा बनाउने, लुगा धुने काममा व्यस्त हुन्छिन् । किमले यो निर्णय लिनुभन्दा अघि धेरै सोचेको बताइन् । उनले साताको ३ वा ४ दिन टेनिस खेल्ने भए पनि प्रतियोगिताका लागि यो प्रर्याप्त नहुने बताउँछिन् ।

यदि उनी अस्ट्रेलिया खेलकुदका लागि तयार हुने हो भने उनले ३ देखि ४ हप्तासम्म खेलमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नुपर्छ । तर परिवारलाई ध्यान दिँदा उनका लागि यो पनि सम्भव छैन ।

६ पटक ग्रान्ड स्लाम जितेकी किमले टेनिसले जीवनमा सबैथोक दिएकाले अगाडि बढेर टेनिसका लागि केही गर्न मन लागेको बताउँछिन् । तर, उनले टेनिस प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेकी छन् ।

उनी आफ्नी १४ वर्षकी छोरी जादाको बास्केटबल करिअरमा केन्द्रित छिन् ।

किमले सन् २००५ मा अमेरिकी बास्केटबल खेलाडी र प्रशिक्षक ब्राइन लिन्चलाई भेटेकी थिइन् । किमको पहिलो छोरीको जन्म सन् २००८ मा भएको थियो । खेलमा फर्किएको दुई वर्षपछिसन् २००९ मा किमले युएस ओपनको उपाधि जितिन् ।

सन् २०११ मा उनले अस्ट्रेलिया ओपन जितेकी थिइन् । विश्व टेनिस संघमा विश्व नम्बर १ वरियता हासिल गर्ने पहिलो आमा पनि बनेकी थिइन् । आमा बनेको केही महिनापछि उनी सन् २००९, २०१० र २०११ मा ग्रान्ड स्लाम सिंगल्स प्रतियोगिताको विजेता भएकी थिइन् ।

सन् २०१२ मा, किमले फेरि टेनिसबाट ब्रेक लिइन् । यसै क्रममा उनले सन् २०१३ मा पहिलो छोरा ज्याक र २०१६ मा ब्लेकलाई जन्म दिइन् । फेब्रुअरी २०२० मा, टेनिस कोर्टमा फर्किए पनि कोभिड महामारीका कारण लामो समयसम्म खेल्न सकिनन् ।

उनले दुई वर्षमा ५ खेलमात्र खेलिन् । किमले सन् २००३ मा आफ्नो २० औं जन्मदिनमा पहिलो ग्रान्ड स्लाम च्याम्पियनको उपाधि जितेकी थिइन् ।