NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हिराभन्दा महंगो फल

काठमाडाैं । संसारमा धेरै प्रकारका फलहरू छन् र ती सबैको मूल्य फरक-फरक छ । सामान्यतया फलफूलको मूल्य ४ सय रूपैयाँदेखि ५ सय रुपैयाँसम्म पुगेको हामीले सुनेका छौँ । यत्तिलाई पनि आम मानिसले महंगो भनेर भनिरहेका हुन्छन् ।

नेपालमा पनि धेरै प्रकारका फलफूल पाइन्छन् । स्याउ, अंगुर, अनार, सुन्तला, आँप, लिची, केरा, किबीजस्ता फल त सबैले खानुभएकै होला तर कुनै फलको मूल्य लाखौँ पर्छ भन्ने सुन्नुभएको छ ? एउटै फलको मूल्य प्रतिकेजी लाखौँ रुपैयाँ भयो भने के गर्ने ? वास्तवमै आम मानिसले यसको बारेमा किन्ने त के सपना देख्न पनि सक्दैनन् ।

वास्तविकतामा संसारमा यस्ता फल पनि छन्, जसको मूल्य सुनेर होस नै उड्छ । हो, जापानमा लाखौं मुल्य पर्ने एउटा यस्तो फल छ, जुन किन्न कोही पनि आम मानिसले सोच्न सक्दैन । आउनुहोस् यो महँगो फल र यसको मूल्यबारे जानौँ । आखिर, यो फलमा के छ कि यो यति महँगो छ ।

हिराभन्दा महंगोमा बिक्री हुन्छ

कतिपया मानिसमा अलग-अलग फलफूल खाने क्रेत्र प्रस्टै देख्न सक्छ । यी फलफूलको मूल्य १०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पर्न सक्छन् । तर जुन फलको बारेमा हामी तपाईँलाई बताउन जाँदैछौँ, उक्त फलको मूल्य लाखौँ रुपैयाँ पर्छ । अब तपाईले सोचिरहनु भएको होला कि लाखौ रुपैयाको फल कुन हो ? हो यो बिल्कुल सत्य हो । तपाईँ भन्नुहुन्छ होला यो खानुभन्दा त बरु हिरा र सुनमा लगानी गर्नु ठीक हो । यो फल जापानमा लिलामीसमेत भएको थियो ।

जापानमा पाइने फल
विश्वकै महँगो फलमा समावेश यो फलको नाम युब्री खरबुजा हो । यो फल जापानमा खेती गरिन्छ र त्यहीँ बेचिन्छ । यो फलको निकासी निकै कम हुन्छ । यो सूर्यको किरणमा नभएर हरितगृहमा हुर्किन्छ ।

जापानमा पाइने युबारी कस्तुरी खरबुजाको मूल्य नै १० लाख पर्छ । दुई खरबुजा २० लाखमा पाइन्छ । सन् २०१९ मा यी खरबुजाहरू ३३ लाखमा लिलामी भएका थिए । भित्रबाट सुन्तला जस्तो देखिने यो फल मिठो हुन्छ ।