NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

हलले ‘ए मेरो हजुर–४’ हटाएपछि रिसाए अशोक शर्मा

काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शो घटाएपछि नेपाल चलचित्र संघका महासचिव तथा फिल्म निर्माता अशोक शर्माले हल सञ्चालकहरूलाई चेतावनी दिएका छन् ।

उनले फेसबुकमा स्ट्याटस लेख्दै अब आउन सक्ने आँधीबेहरीको सामनाका लागि तयार हुन भनेका छन् । फिल्म हाउसफुल हुँदा हुँदै शुक्रबार केही हलहरुले शो हटाउनुको कारणबारे पनि जवाफ मागेका छन् ।

वैशाख १ गतेबाट भारतीय चलचित्र ‘केजिएफ २’ र ‘ए मेरो हजुर-४’ सँगै हलमा रिलिज भएका थिए । हल सञ्चालकहरुले ‘केजिएफ २’ प्राथमिकता दिएर फिल्म चलाइरहेका छन् ।

‘केजीएफ २’को दबदबाबीच ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा सुखद् कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन फिल्मले सिंगल र मल्टीप्लेक्स दुवैतर्फ हाउसफुल व्यापार गर्‍यो । तर, फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा पनि मल्टीप्लेक्सहरुले शो घटाएका हुन् ।