NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

म्यादी प्रहरीलाई देशभित्रै उद्यमशील बनाउन परामर्श तालिम

काठमडौं । राष्ट्रिय युवा परिषद्ले निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना भएका युवकलाई त्यसपछि देशभित्रै उद्यमशील बनाउने अभियान थालेको छ । परिषद्ले म्यादीमा भर्ना भएर तालिम लिइरहेकालाई उद्यम परामर्श तालिम दिइरहेको छ ।

कसरी उद्यमशील बन्ने, उद्यमशील बन्न आर्थिक व्यवस्थापन कसरी गर्ने र वित्तीय संस्थाबाट ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्नेलगायत विषयमा परिषद्ले तालिम दिइरहेको छ । म्यादी प्रहरीको तालिम भइरहेको ठाउँमा पुगेर परामर्श दिने काम भइरहेको परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । चुनावी प्रयोजनका लागि म्यादी प्रहरीमा भर्ना भएकाहरू ४० दिनपछि घर फर्कनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।