NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

दिल्लीको जहांगिरपुर क्षेत्रमा दुई समुदायबीच झडप

काठमाडौं । दिल्लीको उत्तर–पश्चिम जहांगीरपुरी इलाकामा दुई समुदायबीच झडप भएको छ । झडपपछि यो क्षेत्र अशान्त बनेको छ ।

शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको जुलुसको दौरानमा दुई पक्षबीच हिंसा फैलिएको हो । परिस्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रोसितहरूले आक्रमण गर्दा केही प्रहरी घाइते भएका छन् भने उनीहरू चढेको सवारी साधनमा पनि क्षति पुगेको छ ।

न्युज एजेन्सी पिटिआईका अनुसार गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीका शीर्ष अधिकारीलाई आवश्यक कदम उठाउन निर्देशन दिएका छन् ।
दिल्ली प्रहरीका कमिस्नर राकेश अस्थानाले अवस्था नियन्त्रणमा आइसकेको बताएका छन् । उनलाई उद्धृत गर्दै बिबिसी हिन्दीले लेखेअनुसार, घटनास्थल थप प्रहरी परिचालन गरिएको छ ।