NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डुबेको पानीजहाजका रुसी सेनाको तस्बिर सार्वजनिक

काठमाडौं (एजेन्सी) । रुसले समुद्रमा डुबेको आफ्नो नौ सैनिक पानी जहाजका चालक दलका सदस्यको तस्बिर र भिडियो सार्वजनिक गरेको छ ।

रुसको नौ सैनिक विमान मस्क्भा केही दिनअघि समुद्रमा डुबेको थियो । युक्रेनले आफ्नो आक्रमणबाट उक्त पानीजहाजमा क्षति पुगेको दाबी गरेको छ भने रुसले विस्फोटक पदार्थ कारण नखुलाइएको आगलागीका कारण विस्फोटन भएको जनाएको छ । मस्क्भा नामक उक्त पानीजहाज रुसी सेनाको ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक रहेको थियो।

सार्वजनिक तस्बिर र भिडियोमा सयौं नाविकहरूलाई परेड मैदानमा देखाइएको छ । भिडियोमा रुसी नौ सेनाका प्रमुख एडमिरल निको र अन्य दुई अधिकृत नाविकको अगाडि उभिएको देखिन्छ । तर तस्बिर र भिडियो कहिलेको हो भन्ने खुलेको छैन ।

पानीजहाजमा भएको आगलागी वा मस्क्भा डुब्दा कुनै हताहाती भएको विवरण अहिलेसम्म दिइएको छैन । तर अमेरिकाले भने हताहती भएको विश्वास लिएको छ ।

युक्रेनले पनि पानीजहाजका कप्तानको ज्यान गएको दाबी गरेको छ । तर अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन ।