NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

रोनाल्डो चम्किँदा युनाइटेडको च्याम्पियन्स लिग खेल्ने आशा जीवितै

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो राेनाल्डोले आफ्नो खेल जीवनको ६० औँ ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडको अर्को वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता खेल्ने सम्भावना जीवितै रहेको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति घरेलु मैदानमा रोनाल्डोले नर्विच सिटीविरुद्ध ह्याट्रिक गर्दै युनाइटेडको सम्भावना जीवितै राखेका हुन् ।

सातौं स्थानमा रहेको युनाइटेड पाँचौमा उक्लँदै च्याम्यियन्स लिगको ढोकानजिक पुगेको छ ।

प्रिमियर लिगमा शीर्ष चारले मात्र अर्को वर्ष च्याम्पियन्स लिग खेल्न पाउँछन् । यसअघि सातौं स्थानमा रहेको युनाइटेड पाँचौमा उक्लिएसँगै च्याम्पियन्स लिगको ढोकानजिक पुगेको हो ।

गएराति हार ब्यहोरेपछि यसअघि पाँचौ स्थानमा रहेको आर्सनल भने छैँटौमा झरेको छ । आर्सनलको हारले युनाइटेडलाई फाइदा पुगेको छ ।

युनाइटेड चौथो स्थानको होटनहम हटस्परभन्दा तीन अंकले टाढा छ ।

प्रिमियर लिगमा युनाइटेडले अझै ६ खेल खेल्न बाँकी छ । यी खेलमा आफूअनुकुल नतिजा ल्याएमा युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।

रोनाल्डोको युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने खतरा !