NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सरकारले आफूमाथि गरेको निलम्बनको कारवाहीविरूद्ध गर्भनर अधिकारी सर्वोच्चमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारले गरेको निलम्बनको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अधिकारीले आफूमाथि गरिको कारवाही बदर गरी काममा फर्किन अन्तरिम आदेश माग राखेका छन् । उनका कानुन व्यवसायीहरूले सरकारको निर्णयविरुद्ध आइतबार आदालतमा रिट निवेदन दायर गरेका हुन् ।

अर्थतन्त्रमा गम्भीर असर गर्ने गरी गोप्य सूचना चुहाएको, सरकारको काम कारवाहीमा असहयोग गरेकोलगायत आरोप लगाउँदै चैत २५ मा सरकारले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।