NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बाबु–आमाको पदचाप पछ्याउँदै ‘चियर्स’

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले गत बिहीबार विवाहमा परिणत गरेका हुन् ।

विवाह गर्ने क्रममा रणवीरले आफ्ना स्व. बुवा ऋषि कपुर र आमा नीतू सिंहको पदचाप पछ्याएका छन् ।

करिब ४२ वर्षअघि बलिउड अभिनेता ऋषि कपुर र अभिनेत्री नीतूले पनि वाइन चियर्स गर्दै लगनगाँठो कसेका थिए । अहिले रणवीर र आलियाले पनि सोही परम्परालाई निरन्तरता दिएको पाइएको छ ।

आलिया पनि फिल्मी परिवारकै सदस्य हुन् । उनी बलिउडकै चलचित्र निर्देशक महेश भट्टकी छोरी हुन् ।

तस्बिरमा हेर्नुहोस् रणवीर र आलियाको विवाह