NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पल प्रकरण : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छिन् ।

उनले आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा बयान फेरेकी हुन् । उनले जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताउँदै अभिनेता शाहले आफूमाथि करणी नगरेको बयान दिएको उनको पक्षमा वकालत गरिहेका एक कानुन व्यवसायीले बताए ।

अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी छिन् । उनका बुवाको बकपत्र भने बाँकी छ ।