NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पल प्रकरण : नाबालिगपछि बाबुले पनि बयान फेरे

काठमाडौं । आफ्नी नाबालिग छोरीमाथि अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएका ‘पीडित’ बुवाले बयान फेरेका छन् ।

बलात्कार घटनाको बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा उनले दबाब र प्रभावमा परेर जाहेरी दिएको बताएका छन् ।

यसअघि पीडित भनिएकी नाबालिग गायिकाले पनि यस्तै बयान दिएकी थिइन् ।

पल प्रकरण : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी थिइन् ।

पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि पूजाको प्रतिक्रिया : थ्याङ्क यु गड !