NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गभर्नर अधिकारीको रिटमा मंगलबारका लागि पेसी तोकियो

काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । उनको रिट आइतबार अबेर दर्ता भएको हो सर्वोच्च स्रोतले जनाएको छ ।

गर्भर्नर अधिकारीले दायर गरेको मुद्दाको पहिलो सुनुवाइको पेसी मंगलबारलाई तोकिएको छ ।

सरकारले अधिकारीका विषयमा छानबिन गर्न अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा समिति बनाएको छ ।

अर्थतन्त्रमा गम्भीर असर गर्ने गरी गोप्य सूचना चुहाएको, सरकारको काम कारवाहीमा असहयोग गरेकोलगायत आरोप लगाउँदै चैत २५ मा सरकारले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

सरकारले आफूमाथि गरेको निलम्बनको कारवाहीविरूद्ध गर्भनर अधिकारी सर्वोच्चमा