NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजाउन आग्रह गरेका छन् । आइतबार नाडाका अध्यक्ष ध्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलसँगको भेटमा उनले उक्त आग्रह गरेका हुन् ।

उनले भने, ‘निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ति नजनाउनुहोला । यो केही समयका लागि मात्र हो ।’ अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको उनले बताए । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ । यो सर्वथा गलत हो भन्नु हुदै उपस्थित नाडा प्रतिनिधिहरुलाई संस्थागत ढंगले नै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गरे ।

मन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिए । उनले भने, ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो उनले भने ।

उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्यांक प्रस्तुत गर्दे ३ खर्व ५० अर्व भन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु-याउदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए । सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरे ।

त्यसैगरी उनले काठमाण्डौंमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट बिनियोजन गरि दिनु हुन समेत अनुरोध गरेका थिए ।

उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुंदा देशमा पर्न सक्ने असरहरुबारे माननीय मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराएका थिए । त्यसैगरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे ।

सोही छलफलको क्रममा महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गरि दिन आग्रह समेत गरेका थिए ।