NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मोबाइल हरायो ? गरिहाल्नुस् यी पाँच काम

पछिल्ला दिनमा मोबाइल फोन चोरीका घटना बढ्न थालेका छन । खासगरी सार्वजनिक बस, सार्वजनिक कार्यक्रमजस्ता भीडभाड हुने ठाउँमा यस्तो घटना दैनिकजसो भइरहेका हुन्छन् ।

तपाईं–हाम्रो साथमा सधैं रहने चिज हो, मोबाइल फोन । चतुर मोबाइल चोरले आँखाको एक झिमिकमै तपाईंको फोन गायव बनाउन सक्छ ।

मोबाइल चोरी हुनसाथ तपाईंको प्राइभेट डकुमेन्ट अथवा व्यक्तिगत डाटा खतरामा पर्छ । यति मात्रै नभएर तपाईंले आफ्नो नयाँ मोबाइलको लागि अर्को महँगो खर्च गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा के गर्ने त ? हामी तपाईंलाई केही टिप्स दिँदैछौं ।

१.आफ्नो डिभाइस तुरुन्तै ब्लक गर्नुहोस्

डिजिटल सेक्योरिटी विशेषज्ञ एमिलियो सिमोनी भन्छन्, ‘यदि तपाईंको फोन चोरी भयो भने पहिलो काम तुरुन्तै मोबाइलको डिभाइस ब्लक गर्नुहोस् ।’ फोन नेटवर्क अपरेटरसँग सम्पर्क गरेर फोनको चिप क्यान्सिल गर्न लगाउनु जरुरी हुन्छ । ताकि फोन कसैका लागि पनि कुनै कामको नहोस् । अर्थात् प्रयोगमा नआओस् । तपाईंको अपरेटरको वेबसाइटबाट कोसँग सम्पर्क गर्नुपर्ने सो पत्ता लाग्ने छ ।

आइएमइआई (इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी) बाट यस्तो गर्न सम्भव हुन्छ । यहाँ एक अन्तर्राष्ट्रिय रजिस्ट्री हन्छ । जसको माध्यमबाट तपाईंले आफ्नो मोबाइल तुरुन्तै बन्द गर्न सक्नुहुन्छ । त्यसैले यस कोडलाई तपाईंले कही कतै लेखेर राख्नुहोस् । डिभाइस बक्स वा मोबाइल फोनमा यो नम्बर भेटिन्छ ।

२. एपको पासवर्ड परिवर्तन गर्नुहोस्

सिमोनीका अनुसार तपाईंको मोबाइलमा रहेका सबै एपको पासवर्ड परिवर्तन गर्नु आवश्यक छ । यसो गरिएन भने फोन चोरले तपाईंको व्यक्तिगत र महत्त्वपूर्र्ण कुरा सार्वजनिक गर्न सक्छन् । सामान्यतया बैंकिङ एप्स आफैं प्रमाणित हुँदैनन् । तर इमेल, सामाजिक सञ्जालले प्रयोगकर्तालाई एसएमएसमा प्रमाणीकरणमार्फत पासवर्ड परिवर्तन गर्न सहयोग गर्छ । केही एपहरूले उपकरणको वेबसाइटहरूमा पासवर्ड परिवर्तन गर्न अनुमति दिन्छ । जसले गर्दा तुरुन्तै तपाईंले आवश्यक सबै कुरा परिवर्तन गर्नु सक्नुहुन्छ ।

फेसबुक अथवा इन्स्टाग्रामजस्तो सामाजिक सञ्जाल पासवर्ड सिक्योरिटी अथवा लगइन सेक्सनमा गएर परिवर्तन गर्न सकिन्छ । जिमेलमा पासर्ड पर्सनल इन्फरमेसन सेक्सनमा गएर बदल्न सकिन्छ ।

३. आफ्नो बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउनुहोस्

तपाईंको फोन चोरी भयो भने तुरुन्तै आफ्नो बैंक अथवा दोस्रो वित्तीय संस्थालाई जानकारी गराउनुहोस् । यसबाट बैंकहरूले तपाईंको फोनमा भएको एप ब्लक गरिदिनेछन् ।

यदि मोबाइल चोरले तपाईंको बैंक अकाउन्टबाट अर्को अकाउन्टमा पैसा ट्रान्सफर गर्न खोजेको छ भने त्यो पनि रोकिनेछ । यस प्रकारको सेवा हरेक बैंकको आफ्नै च्यानल हुन्छ । सामान्यतया तिनीहरूको वेबसाइटमा उल्लेख हुन्छ । बैंकका फोन नम्बरहरु गुगलमा पनि उपलब्ध हुन्छन् ।

४.साथी र परिवारलाई जानकारी दिनुहोस्

फोन चोरी हुनेबित्तिकै आफ्नो साथीभाइ तथा परिवारलाई बताउनु जरुरी हुन्छ । किनकि, चोरले सामाजिक सञ्जालजस्तै म्यासेन्जर, फेसबुकमार्फत तपाईंको आफन्तहरूको सम्पर्क नम्बर पत्ता लगाउनेछन् र तिनीहरूलाई स्किमको शिकार बनाउन सक्छन् । चोरले तपाईं बनेर पैसा वा बैंक विवरण माग्न सक्छन् ।

५. पुलिसमा उजुरी दर्ता गर्नुहोस्

मोबाइल चोरी भएपछि पुलिसमा उजुरी दर्ता गर्नुहोस् । यसबाट तपाईंको फोन चोरीको प्रमाण हुनेछ । तपाईंको यो प्रमाण बैंक, बीमा कम्पनी अथवा कुनै ठाउँमा पनि चाहिन सक्छ । धेरै पटक तपाईंको मोबाइल चोरी भएसँगै त्यसमा भएको आफ्नो परिचयसँग सम्बन्धित कागजात पनि चोरी हुने गरेको पाइएको छ ।

प्रहरीले तपाईंलाई सोधपुछ गर्न सक्छ । त्यसैले प्रहरीमा उजुरी दिन जरुरी छ । उजुरी दर्ता गरेपछि अपराधको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको हुन्छ ।

धेरैजसो फोन कहाँबाट चोरी हुन्छ भन्ने पनि प्रहरीले अनुमान लगाउन सक्छ । यसबाट उनले ती ठाउँका मानिसहरूलाई सतर्क रहन अलर्ट जारी गर्न सक्छिन् ।