NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सबैभन्दा धेरै बाँचेर कुकुरले राख्यो विश्व रेकर्ड

काठमाडौं । अमेरिकाकाे एउटा कुकुर २१ वर्ष बाँचेर गिनिज बुकमा रेकर्ड राखेकाे छ । टाेबिकिथ नाम गरेकाे कुकुर २१ वर्ष ६६ दिनकाे उमेरमा विश्व किर्तिमान राखेकाे हाे । याे कुकुर अमेरिकी नागरिक गिसेला शाेरले पालेकी थिइन् । गिसेलाले आफ्ना सबै कुकुरहरूलाई राम्रो आहार, राम्रो वातावरण दिन्छिन् ।

गिनिज रेकर्ड्सले इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेर यसको पुष्टि गरेको हो । सामान्यतया कुकुर १० देखि १३ वर्ष सम्म बाँच्दछ । तर टोबीकिथ २१ वर्ष ६६ दिन उमेर पुगेको छ र अझै पनि स्वस्थ र सक्रिय छ ।

इन्स्टामा टोबीको यो भिडियोलाई अहिलेसम्म १६ हजारभन्दा बढीले लाइक गरेका छन् । टोबिकिथ हुर्काउने गिसेला भन्छिन्, ‘कुकुरहरूलाई भात, तरकारी र प्रोटिन खान दिन्छु । टोबी धेरै समय सुत्छ, यो उमेरमा पनि उसको स्वास्थ्य राम्रो छ । उसलाई अन्य कुकुरहरूसँग खेल्न र बाहिर घुम्न जान मन पर्छ ।’

टोबिकिथ चिहुआहुआ नस्लको कुकुर हो । यो नस्ल मुख्यरुपमा मेक्सिकोमा पाइन्छ । चिहुआहुआ मेक्सिकोको एक राज्यको नामबाट नामाकरण गरिएको थियो ।

चिहुआहुआ जातका कुकुरहरू सामान्य कुकुरहरू भन्दा धेरै साना तर चलाख हुन्छन् । यसलाई संसारमा सबैभन्दा सानो कुकुरको प्रजाति मानिन्छ । यसको वजन २ देखि ४ किलोग्रामसम्म मात्र हुन्छ ।