NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक

काठमाडौं । नेपाली सेनाले प्राविधिक उप सेनानी पदका लागि अधिकृत तहमा समाचार सम्पादक र वाचक माग गरेको छ । सेनाले खुलातर्फ दुई जना र आदिवासी, जनजातिमा एक जना गरी तीन जना प्राविधिक उप सेनानी पदका लागि अधिकृत तहमा समाचार सम्पादक र समाचार वाचक मागेको हो ।

सेनाले उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता आम सञ्चार तथा पत्रकारीतामा स्नातक गरेको तोकेको छ । सेनाका अनुसार इच्छुक उम्मेदवारले आउँदो वैशाख १३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुरमा वैशाख २० गते कार्यालय समयभित्र दरखास्त दिन पाउँनेछन् ।

छनोट भएका उम्मेदवारले सेनाको मिडियामा कार्य गर्नुपर्ने छ । कार्यक्षेत्र जंगी अड्डा भद्रकालीमा हुने सेनाले जनाएको छ । थप जानकारीका लागि नेपाली सेनाको वेवसाइटमा गएर हेर्न सकिनेछ ।