NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

क–कसले दिन पाउँछन् मिस नेपालका लागि आवेदन ?

काठमाडौं । मिस नेपाल का लागि आवेदन आह्वान गरिएको छ । द हिडन ट्रेजरले सोमबार सन् २०२२ को मिस नेपालका लागि आवेदन खुला गरेको हो ।

आवेदन सोमबारदेखि नै खुला भइसकेको छ । आयोजकका अनुसार, वैशाख ३१ सम्म अनलाइनमार्फत निःशुल्क आवेदन दिन सकिनेछ ।

क–कसले दिन पाउँछन् आवेदन ?

मिस नेपालमा सहभागिताका लागि केही योग्यता तोकिएका छन् । तोकिएका योग्यता पुगेकाले मात्र आवेदन दिन सक्नेछन् ।

आयोजकका अनुसार, युवतीको उचाइ कम्तीमा ५ फिट ३ इन्च हुनुपर्छ । उमेरको हकमा १८ वर्ष पूरा भई २७ वर्ष तोकिएको छ । त्यसैगरी शरीरमा ट्याटु नखोपेको, अविवाहित, प्लस टू उत्तीर्ण गरेको नेपाली नागरिक हुनुपर्छ ।

धेरैभन्दा धेरैको सहभागिता कायम गर्न सातै प्रदेशमा अडिसन लिइने भएको छ । काठमाडौंसँगै वीरगञ्ज, धरान, धनगढी, नेपालगञ्ज, पोखरा र सुर्खेतमा हुनेछन् । काठमाडौंमा अडिसनको मिति वैशाख ९ देखि २७ सम्म तय गरिएको छ ।

यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन टाइटल रहने आयोजकले जनाएका छन् ।