NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

उपचारका क्रममा फरार भएका थुनुवा पक्राउ

काठमाडौं । वीर अस्पतालमा उपचारको क्रममा फरार भएका थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका –३ कुञ्चोक कमरडाँडा घर भएका राजेश तिरुवा रहेका छन् ।

उनलाई जबरजस्ती करणी मुद्दामा केन्द्रिय कारागार जगनाथ देवलमा थुनामा राखिएको थियो । तिरुवाले प्यारालाइसिस भएको बताएपछि उपचानरका लागि अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा गत चैत २९ गते राति अस्पतालबाट भागेका तिरुवालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बूढानिलकण्ठ नगरपालिका –१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।