NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गर्भनर अधिकारीमाथि गरिएको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको तत्काल पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

गर्भनर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अदालतमा परेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अल्पकालीन आदेश दिएको हो ।

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।