NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पहिलोपटक ढाकाटोपीमा ढल्किए यादव !

काठमाडौं । मधेसको क्षेत्रीय राजनीतिबाट उदाएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पहिलोपटक ढाकाटोपीसहित सार्वजनिक ठाउँमा देखिएका छन् ।

मधेसी जनाधिकार फोरममार्फत तराई–मधेसको मुद्दा उठाएका यादव प्राय धोती-कुर्था वा टाइ–सुटमा देखिने गरेका थिए । तर, आज उनी पहिलोपटक ढाकाटोपीमा ढल्किएको देखिएको छ ।

डा. बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकता गरेपछि उनले जसपालाई राष्ट्रिय पार्टी भएको दाबी गर्दै आएका छन् ।

यसैबीच, यादव आज गोरखाको चुनावी कार्यक्रममा पुगेका थिए । त्यहाँ उनी विशेषगरी पहाडी समूदायले लगाउने ढाकाटोपीमा देखिएका हुन् ।

उनीसँगै जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई पनि ढाकाटोपीमा ढल्किएका छन् ।

अध्यक्ष यादवले ढाकोटोपी लगाएकोप्रति सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।

‘पछिल्लो समय पहाडी मूलका नेताहरू तराई जाँदा धोतीकुर्ता लगाउने भएपछि तराई मूलका नेताहरू पहाड जाँदा टोपी त लगाउनै प¥यो नि !’, एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘उपेन्द्र यादव सरको ऐतिहासिक फोटो !’

ताजा अपडेट

नेपालवाच विशेष