NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जघन्य लेटाङ घटनाका अभियुक्त धरौटीमा रिहा

काठमाडौं । ड्युटीमा रहेकी प्रहरीको वीभत्स हत्या गरिएको लेटाङ घटनाका १० अभियुक्त मंगलबार ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । अन्य पाँच जना फरार छन् ।

उक्त घटनामा १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । १० जना पक्राउ परेका थिए ।
जिल्ला अदालत मोरङका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले मंगलबार पक्राउ परेकालाई धरौटीबापत जनही ५० हजार रुपैयाँ लिएर छाड्न आदेश दिएको हो । पक्राउ परेकालाई धरौटीमा छाड्न आदेश भएको र फरारको हकमा पक्राउ पुर्जी जारी हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

मुद्दामा थुनछेक बहस सकिएपछि प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी अभियुक्तलाई धरौटीमा छाड्ने आदेश भएको बुढाथोकीको भनाइ छ, आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।