NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

क्यानडाले पनि लगायो पुटिनका छोरीसहित १४ जनामाथि प्रतिबन्ध

काठमाडौं । युक्रेन युद्धमा रुसलाई घेरा हालेको भन्दै पश्चिमा राष्ट्रहरूले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध व्यक्तिगत कारबाही गरिरहेका छन् । यसैलाई ध्यानमा राख्दै क्यानडाले पुटिनका दुवै छोरीसहित १४ जनालाई प्रतिबन्ध लगाएको छ ।

ग्लोबल अफेयर्स क्यानडाको रिपोर्ट अनुसार ट्रुडो सरकारले रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती र पुटिनका छोरीसमेत केही रुसी अर्बपतिमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

यसअघि अमेरिकाले पुटिनका छोरीसहित विदेशमन्त्री सेर्गेईका परिवारका सदस्यलाई प्रतिबन्ध लगाएको थियो ।

अर्कोतर्फ बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा भारी हमला गरे पनि रुसी सेनालाई खासै फाइदा नभएको दाबी गरेको छ । रुसी सेनाले वातावरणीय र प्राविधिक चुनौतीका कारण कठिनाइको सामना गरिरहेको बेलायतकाे भनाइ छ ।

 

पुटिनका छोरी र विश्वास पात्रमाथि अमेरिकाले लगायो प्रतिबन्ध

रुसले लगायो अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्ध