NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

त्रिवि शिक्षण अस्पतालले माग्यो क्लिनिकल रजिस्ट्रार

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले आज सूचना जारी गर्दै अस्थायी दरबन्दी करार सेवामा एनेस्थेसियोलोजी विभागअन्तर्गत दुई जना क्लिनिकल रजिस्ट्रार माग गरेको हो ।

अस्पतालले उक्त पदका लागि पुरुषका हकमा ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने तोकेको छ । अस्पतालका अनुसार इच्छुक उम्मेदवारले वैशाख १३ गते कार्यालय समय भित्रसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिदाँ उम्मेदवारले अस्पतालको हिमालयन बैंकको खातामा परीक्षा दस्तुर दुई हजार रुपैयाँ जम्मा गरी सोको सक्कल भौचरसहित आवेदन दिनु पर्ने अस्पतालले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष