NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

ब्राजिल र अर्जेन्टिनाबीचको फुटबल खेल क्रिकेट मैदानमा हुने, ९५ हजारभन्दा बढीले हेर्ने

काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीचको फुटबल खेल अष्ट्रेलियाको क्रिकेट मैदानमा हुने भएको छ ।

विश्वकप छनोटअन्तर्गत यसअघि रोकिएको यी दुई देशबीचको खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा आगामी जुन ११ मा हुने तय भएको अर्जेन्टिनी फुटबल साइट मुण्डो अल्बिसेलेस्टेले जनाएको छ ।

गत सेप्टेम्बरमा ब्राजिलमा खेल भइरहँदा त्यहाँका स्वास्थ्य अधिकारीले उक्त खेल रोकेका थिए । चारजना अर्जेन्टिनी खेलाडीले कोरोना नियम नमानेको आरोप लगाउँदै खेल रोकिएको हो ।

ब्राजिल र अर्जेन्टिनाबीचको खेल ९५ हजारभन्दा बढी टिकट बिक्री गरिने बताइएको छ ।

यसअघि यो खेल बेलायतको लण्डनमा हुने भनिएको थियो । फेरि रद्द भएर युरोपको कुनै देशमा हुने भनियो । अहिले पुनः अष्ट्रेलियामा सारिएको छ ।

मेलबर्न मैदान खासमा क्रिकेटका लागि प्रख्यात हो । यद्यपि, त्यहाँ फुटबलसमेत खेलाइने गरिएको छ ।

यी ३ अर्जेन्टिनी खेलाडी बेच्न चाहन्छ पिएसजी

ताजा अपडेट

नेपालवाच विशेष