NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

करिब ३ केजी ५२० ग्राम लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । करिब ३ केजी ५ सय २० ग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका –१० गुम्बा डेरा गरी बस्ने ६२ वर्षीया कान्छीमाया भोलन र सोही उपनगरपालिका बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई करिब ३ केजी ५ सय २० ग्राम लागुऔषध गाँजासहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरु उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।