NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

३४ पदमा ४ दलको भागबण्डा, राष्ट्रिय जनमोर्चा साक्षीमात्रै

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबण्डा मिलाएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर र उपमेयर पाएको छ ।

यस्तै, कांग्रेसले सातवटा उपमहानगरपालिकामा मेयर र तीन वटामा उपमेयर हात पारेको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)ले महानगरपालिकामा एक–एकवटा मेयर र उपमेयर पाएको छ ।

त्यसैगरी, यो पार्टीले दुई–दुईवटा उपमहानगरपालिकामा मेयर र उपमेयर प्राप्त गरेको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले पनि एक–एकवटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी दिन पाउने भएको छ ।

यस्तै, एकीकृत समाजवादीले उपमहानगरपालिकामध्ये एउटामा मेयर र तीनवटामा उपमेयर हात पारेको छ ।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा)ले महानगरपालिकामा एक–एक वटा मेयर र उपमेयर पाएको छ भने उपमहानगरपालिकामध्ये एउटामा मेयर र दुई वटामा उपमेयर प्राप्त गरेको छ ।

६ महानगरमा सत्ता गठबन्धनको भागबण्डा मिल्यो, कहाँ कुन दलले पाए मेयर र उपमेयरको उम्मेदवार ?

तर, सत्ता गठबन्धनकै सहयात्री राष्ट्रिय जनमोर्चाले भने कुनै पनि महानगर र उपमहानगरको भागबण्डामा हिस्सा पाएको भेटिएन ।

सत्ता गठबन्धन दल भए पनि राष्ट्रिय जनमोर्चाले ३४ वटा पदमा एउटा पनि पाएको छैन । चार दलले नै ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख सबै आफैंसँग राखेका छन् ।

यद्यपि, सहमतिपत्रमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि हस्ताक्षर गरेकी छिन् ।

सत्ता गठबनधनले ११ उपमहानगरमा यसरी मिलायो भागबण्डा

 

ताजा अपडेट

नेपालवाच विशेष