NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अक्षय कुमारले फ्यानसँग किन मागे माफी

काठमाडौं । फिल्म अभिनेता अक्षय कुमारले अलैंची ब्रान्डको विज्ञापन गरेकाे भन्दै आफ्ना फ्यानसँग माफी मागेका छन् ।

वास्तवमा अक्षय कुमार विमल इलायचीको विज्ञापन गर्छन् । विमलले सोही ब्राण्डबाट सुर्तीजन्य पदार्थ पनि बेच्छ । सुर्ती बेच्ने ब्रान्डको विज्ञापन गरेकामा अक्षय कुमारप्रति मानिसहरूले आपत्ति जनाएका थिए । यसपछि अक्षय कुमारले यो विज्ञापनमा काम नगर्ने र यसबाट प्राप्त हुने रकम कुनै राम्रो काममा दान गर्ने बताएका छन् ।

अक्षय कुमारले सम्झौता भएको बेलासम्म ब्रान्डले विज्ञापनको प्रवद्र्धन गरिरहने भए पनि आफू यस विज्ञापनबाट टाढै रहेको बताए । उनले आगामी दिनमा कुनै पनि विज्ञापन छनोट गर्दा होसियार हुनेसमेत बताए ।