NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शरिरमा डिहाइड्रेसन महसुस भइरहेको छ ? यी तरिकाले बढाउन सकिन्छ पानीको मात्रा

काठमाडौं । पानी मानव जीवनको लागि अतिआवश्यक कुरा हो । पानी हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय अवस्थामा सही तरिकाले पानी पिउन जानिएन भने पनि यसले बेफाइदा निम्तिन सक्छ । त्यसैले पनि पानी सही तरिकाले सही मात्रामा पिउनु पर्छ ।

त्यसो त गर्मीको मौसममा पानी सही मात्रामा पिउन जरुरी छ । यदि पर्याप्त मात्रामा पानी पिएन भने शरीरमा डिहाइड्रेसनको समस्या हुन सक्छ । तौल घटान चाहानेहरुको लागि पनि पानीले फाइदा गर्छ । त्यसैले पनि पानी कति मात्रामा पिउने भन्ने कुरा जान्नु पनि जरुरी हुन्छ ।

यो पनि जान्न जरुरी छ कि पानी पिउने मात्रालाई कसरी बढाउने । यस्ता छन् केही उपाय :

१) पानी पिउन समय तालिका निर्धारण गर्ने
२)पानीयुक्त फललाई डाइटमा सामेल गर्ने
३) सक्खर र क्याफिनयुक्त ड्रिंक्सबाट टाढा रहने
४) नरीवल,कागती पानी पिउने गर्ने
५) शरीरमा दहीको सेवन बढाउने