NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पेट घटाउने प्राकृतिक तरिका

काठमाडौं । आजको व्यस्त जीवनमा मोटोपनाको समस्या सामान्य भइसकेको छ । धेरैजसोले यो समस्या सामना गरिरहेका छन् । पेट वरपरको बोसो घटाउनु सबैको लक्ष्य बनिसकेको छ । पेटको बोसो नराम्रो देखिने मात्रै होइन, यसले मधुमेह, मुटुरोग, स्ट्रोक र क्यान्सरसमेत जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

आहार परिवर्तन र दैनिक व्यायाम नै पेटको बोसोबाट छुटकारा पाउने उत्तम तरिका हो । तर यसपछि पनि पेट वरपरको बोसो घटिरहेको छैन भने त्यसका साथसाथै अन्य कुरामा पनि ध्यान दिनुपर्छ । आउनुहोस् जानौं तौल घटाउन सकिने केही प्राकृतिक उपायहरू :

-पेटको बोसो हटाउन बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । यसमा मह पनि मिसाउन सकिन्छ । यसले मोटोपना घटाउने मात्र होइन, अनुहारमा चमक पनि ल्याउँछ ।

-जीरा हरेक भान्सामा प्रयोग गरिन्छ । यो सामान्यतया खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । तर तपाई यसलाई तौल घटाउनको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि राती एक गिलास पानीमा एक चम्चा जीरा भिजाउनुहोस् र रातभर छोड्नुहोस् ।

त्यसपछि यो पानीलाई बिहान उमालेर छान्नुहोस् र चिसो बनाउनुहाेस् । त्यसपछि यसलाई खाली पेटमा पिउनुहोस् । यसले पेटको बोसोलाई प्रभावकारी रूपमा घटाउन पनि मद्दत गर्छ ।

-चिनीमा क्यालोरी धेरै हुनाले शरीरमा तौल बढाउने काम गर्छ । त्यसैले सेतो चिनीबाट टाढा रहनु राम्रो हुन्छ र चिनीलाई फलफूलमा जस्तै प्राकृतिक रूपमा खानु राम्रो हुन्छ । यसबाहेक मह वा गुड़ प्रयोग गर्न सक्नुहुन्छ ।

– पेट घटाएर स्वस्थ रहनका लागि खानपानमा विशेष ध्यान दिनु पर्छ । जसमा फाइबर, प्रोटीन र क्याल्सियम सेवन धेरै गर्नुपर्छ । फाइबरको अधिक सेवनले खानालाई राम्ररी पचाउन मद्दत गर्छ ।

– बोसो हटाउन धेरै प्रभावकारी विकल्प पानी पनि हो । दिनमा कम्तीमा आठ गिलास पानी पिउनुहोस् । यसो गर्नाले तपाईंको शरीरमा विषाक्त पदार्थ बाहिर निस्कन्छ र तौल घटाउन मद्दत गर्छ ।