NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मरिउपोल कब्जा गरेको रुसको दाबी

मस्को । रुसको सरकारी मिडियाले युक्रेनको मरिउपोल अहिले मस्कोको सेनाको कब्जामा रहेको दाबी गरेको छ । यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई मरिउपोलमा रहेको एजोभस्टार प्लान्टमा बम विस्फोट नगर्न आदेश दिएको पनि बताइएको छ ।

पुटिनले बरु आफू सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताएका छन् । पुटिनले सेनालाई यस औद्योगिक क्षेत्रमा एउटा झिंगा पनि प्रवेश गर्न नसक्ने गरी नाकाबन्दी गर्न भनेका छन् ।

रुसी सेनाका अनुसार यो स्टिल प्लान्टबाहेक अहिले पूरै मरिउपोल सहर आफ्नो नियन्त्रणमा रहेको छ । यो स्टिल प्लान्टमा युक्रेनी लडाकुहरू छन् र कथित रूपमा एक हजार युक्रेनी नागरिकहरू पनि त्यहाँ कठिन परिस्थितिमा बसिरहेका छन् ।

पुटिनले मरिउपोलमा अपरेशन सफल भएकाे भन्दै आफ्ना रक्षामन्त्रीलाई बधाई पनि दिएका छन् ।

रक्षामन्त्री सर्गेइले पुटिनलाई २ हजारभन्दा बढी युक्रेनी लडाकुहरू अझै पनि प्लान्ट भित्र रहेको बताए । उनले यो प्लान्टबाहेक सम्पूर्ण मरिउपोल अहिले रुसको नियन्त्रणमा रहेको दाबी गरेका छन् ।