NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् आज  टप १० कारोबार भएका कम्पनी

काठमाडौं । आज सेयर बजार नेप्सेमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार नेप्से परिसूचक ४ दशमलव ९४ अंकले बढेर २३२५.४५ विन्दुमा पुगेको छ ।

आज कुल २३१ कम्पनीको १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा सबैभन्दा धेरै नेष्डोको सेयर कारोबार भएको छ । उक्त कम्पनीले १० करोड ३६ लाख २७ हजार रुपैयाँको सेयर कारोबार भएको हो।

त्यस्तै, नबिल बैंकको ५ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै एनआइसी एसिया बैंकको ४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी हिमालयन डिष्टिलरीले ३ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ३ करोड ४४ लाख ६९ हजार रूपैयाँ, छिमेक लघुवित्त वित्तिय संस्थाले ३ करोड २६ लाख २५ हजार, नेपाल फाइनान्स लिमिटेड ३ करोड २४ लाख ४८ हजार, नेपाल इन्फ्र्याक्चर बैंक लिमिटेड(निफ्रा) ले ३ करोड २४ लाख ७ हजार र अपि पावर कम्पनीले ३९ लाख ३२ हजार रूपैयाँको सेयर कारोबार गरेको छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष