NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

करिश्माले फेसबुकमा राखिन् ‘सूर्यकुमारी’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले फेसबुक पेजमा आफ्नो नाममा पछाडि ‘सूर्यकुमारी’ थपेकी छन् । ३ लाख ७६ हजार फलोअर्स भएको फेसबुक पेजमा ‘करिश्मा मानन्धर (सूर्यकुमारी) राखेकी हुन् ।

उनको फेसबुक पेज भेरिफाइड समेत गरिएको छ । केही समयअघि बुटवलमा नेकपा एमालेको सभामा बोल्दै करिश्माले एमाले चुनाव चिन्हसँग आफ्नो नाम मिल्ने भन्दै न्वारनको नाम सूर्यकुमारी भएको बताएकी थिइन् ।

यसपछि करिश्मा सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । उनलाई ट्रोलसमेत बनाएका थिए ।