NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

ह्याग युनाइटेडको नयाँ प्रशिक्षक

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा एरिक टेन ह्याग नियुक्त भएका छन् । क्लबले बिहीबार एक विज्ञप्ति जारी गर्दै ह्यागलाई नयाँ प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

ह्याग डच क्लब आयाक्सबाट युनाइटेड जाने पक्का भएको हो ।

डच प्रशिक्षक ह्यागले युनाइटेडसँग सन् २०२५ को जुन सम्मका लागि सम्झौता गरेका छन् । यस्तै उनी थप समयका लागि सम्झौता लम्ब्याउनसमेत तयार रहेको क्लबले जनाएको छ ।

युनाइटेडले ह्यागलाई दुई मिलियन पाउण्डमा सम्झौता गर्न लागेको हो ।

युनाइटेडले गत नोभेम्वरमा नर्वेजियन प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको थियो । त्यसपछि जर्मन नागरिक राल्फ राङ्गनिकले अन्तरिम प्रशिक्षकको भूमिका सम्हाल्दै आएका छन् ।

लिभरपुल शीर्ष स्थानमा उक्लियो, युनाइटेडलाई च्याम्पियन्स लिगमा छनोट हुनै गाह्रो