NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यी हुन् मिर्गौला स्वस्थ राख्ने सरल उपाय

काठमाडौं । नेपालमा पछिल्लो समयमा मिर्गौलाका बिरामी बढ्दो मात्रमा देखा पर्न थालेको छ । अस्वस्थ खाना र जीवनशैलीका कारण मिर्गौलाका बिरामीको संख्या बढदै गएको स्वास्थ्यविद्हरु बताउँछन् ।

मिर्गौला रोग लागिसकेपछि यसका उपचार झन्झटिलो र महंगो हुने गर्दछ । त्यसैले समयमा यो रोग लाग्न नदिनका लागि उचित खानपानका साथै संयमता अपनाउनु पर्छ । मिर्गौला स्वस्थ राख्ने हर कोहीको चाहना हुन्छ । स्वस्थ राख्न चाहँदा चाहँदै पनि हामीलाई कति कुराको ज्ञान हँदैन । परिणास्वरुप हामी मिर्गौला रोगको शिकार बन्न पुग्छौं । त्यसैले स्वस्थ मिर्गौलाको लागि हामीले केही कुरामा मात्रै ध्यान दिन सक्यौ भने उक्त रोगबाट बच्न सक्छौँ ।

स्वस्थ मिर्गौलाका लागि के के कुरामा ध्यान दिने ? यस्ता छन् केही उपाय :

नुनको मात्रा कम गर्ने

नुनमा हुने सोडियमले रक्तचाप बढाउन मद्त गर्दछ जसले मिर्गौला खराब बनाउदै लैजान्छ । यसले मिर्गौलामा पत्थरी हुने खतरा बढाउँछ । जसले गर्दा पिसाब फेर्दा समस्या हुने तथा टाउको दुख्ने हुन्छ । त्यसैले स्वस्थ मृर्गौलाका लागि हामीले दैनिक खानामा नुनको मात्रालाई कम गर्नुपर्छ ।

प्रशोधित खानेकुरा त्याग्ने

मिर्गौला खराब बनाउने अर्को कारण प्रशोधित तयारी खानेकुरा पनि हो । प्रशोधित तयारी खानेकुरामा उच्च मात्रामा सोडियम र फोस्फोरस हुने गर्दछ । जसले गर्दा हाड तथा मिर्गौला खराब गर्दछ । यी दुबै मिर्गौलाका लागि घातक हुन्छ । हामीले दैनिक जीवनमा प्रशोधित खानालाई कम गर्नुका साथै सकेसम्म घरकै खानामा जोड दिनु पर्छ ।

धुम्रपान नगर्ने

मिर्गौलालाई स्वस्थ राखिराख्ने हो भने धुुम्रपान गर्ने आदतलाई छोड्नुपर्छ । धुम्रपानले रक्तचाप र मधुमेहको खतरा बढाउँछ । यसले मिर्गौलामा रगतको प्रवाह न्यून बनाउँछ जसले गर्दा मिर्गौला खराब हुन्छ । त्यसैले मिर्गौला खराब हुनबाट जोगाउन यसको सेवनबाट टाढै रहनुपर्छ ।

पानीको मात्रा बढाउने

पानीमा अधिक शक्तिशाली क्षमता हुन्छ । यसले मिर्गौलाको कार्यक्षमता राम्रो राख्दछ । यही प्रक्रियाबाट नै शरीरको फोहोर र विकारयुक्त चिज शरीरबाट निस्कने गदर्छ । त्यसैले स्वस्थ मिर्गौलाका लागि दिनमा कम्तीमा ३ देखि ५ लिटर पानी पिउनुपर्छ ।

पेनकिलरको प्रयोग कम गर्ने

अत्याधिक रुपमा पेनकिलरको प्रयोगले मिर्गौला खराब गर्दछ । एस्पिरिन, एडभिल तथा आइब्रफेन सामान्यतया प्रयोगमा आउने पेनकिलर हुन । सामान्य चिकित्सकको सल्लाह बमोजिम सेवन गर्दा यो सुरक्षित भएतापनि अत्यधिक प्रयोगले मिर्गौलाले काम गर्न छाड्छ । त्यसैले सकेसम्म पेनकिलरको प्रयोग नगर्ने र गर्नेपरे चिकित्सकको सल्लाह लिएर मात्रै गर्नुपर्छ ।

मासुको प्रयोग कम गर्ने

मासुमा प्रोटिन हुन्छ, तर मासुमा हुने प्रोटिनले रगतमा अम्लको मात्रा बढाउँछ । जसका कारण अम्लले गर्दा राम्रोसँग काम गर्न सक्दैन् । मासुको प्रयोग सिमित मात्रामा गर्दा फाइदाजनक भए पनि अधिक प्रयोगले हानि गर्दछ । त्यसैले ठिक्क मात्रामा मासुको प्रयोग गरियो भने पनि मिर्गौला बिग्रनबाट जोगिन सकिन्छ ।