NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

ममाथि मोबाइल प्रहार भएको होइन, खसेको हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाको एक कार्यक्रममा मोबाइलको झटारो हानिएको विषयमा स्पष्टीकरण दिएका छन् ।

बिहीबार जुम्लामा भएको एक कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै आफूमाथि भ्रम फैलाउन खोजिएको जिकिर गरेका छन् ।

‘कति असत्य कुराको प्रचार गरेको मलाई मोबाइल प्रहार गरेको होइन माथीबाट खसेको हो, त्यो पनि एउटा सरकारी कर्मचारीको हातबाट खसेको हो । सुरूमा हामीलाई पनि प्रहार गरे जस्तो लागेको थियो तर बुझेपछि उहाँले मेरो हातबाट मोबाइल खसेको पुष्टि गर्नुभयो’, उनले भने, ‘त्यसपछि हामीले माफी दिएका छौ । यो भिडियोमा वास्तविकता जुम्ली जनताले हामीमाथि समर्थन रहेको प्रमाण हो ।’

उनले सबै घटनालाई नकारात्मक ढंगले नबुझ्न आग्रह गरेका छन् ।